अछाममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका -१ किर्तिपुरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ।
हिजो रातिको अविरल वर्षका कारण पहिरो खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
हिले स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको र सडक केही बेरमै सुचारु हुने प्रहरीले जनाएको छ।