
कैलालीका अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन् । उनी भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका हुन् । अभिनेता भट्ट घाइते भएपछि यो फिल्मको छायांकन समेत रोकिएको निर्माण पक्षले जनाएको छ ।

भारतको लखनउमा छायांकन भइरहेको यो फिल्म केहि दिनसम्म छायांकन रोकिएको हो । विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो । उनको घुँडामा रगत जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि विराजले जानकारी दिएका छन् ।
