
सुदूरपश्चिममा सोमबार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ जना संक्रमणमुक्त भएका छन्।

७९५ जनाको नमुना परीक्षण गर्दा थप ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
सोमबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ।

हालसम्म सुदूरचिममा ४४ हजार ९ सय जनामा कोरोना पुष्टि भएकोे छ।
३५ हजार ५ सय ९५ जनाले कोरोना जितेका छन्।