
पहिरोले अवरुद्ध सुदूरपश्चिमका ७ जिल्ला जोड्ने भीमदत्त राजमार्गमा करिव ९ घण्टापछि एकतर्फी रुपमा खुलेको छ।

डडेल्धुराको आलिताल–१ गैरा नजिकै शनिबार बिहान खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो।
राजमार्ग अवरुद्ध हुँदा यात्रहरु अलपत्र परेका थिए। पहिरो हटाएर पूर्ण रुपमा खुलाउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोजर पठाएको जनाएको छ।
