कञ्चनपुरमा अखाद्य वस्तु नष्ट
 
dd

कञ्चनपुरमा म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायतको सहभागितामा बजार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा ९ वटा पसलमा म्याद नाघेका अखाद्य वस्तु फेला पारी नष्ट गरिएको बताइएको छ।

अनुगमन भीमदत्त नगरपालिकाको बजार, शुक्लाफाँटा, वेदकोट र कृष्णपुरका मुख्य बजारमा गरिएको थियो।