
अविरल वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको महाकाली लोक मार्ग र जय पृथ्वी राजमार्ग सुचारु भएको छ । महाकाली लोक मार्ग अन्तरगत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । प्रहरीले डोजरको सहयोगमा पहिरो हटाएपछि सडक खुलेको हो ।

