
बाजुरामा शुक्रबार रातीको बर्षाका कारण एक घर बगाएको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा —१ पाटामा पहिरोले एक घर बगाएको हो।

यस्तै सोही बस्तीमा १४ घर उच्च जोखीममा रहेको बताईएको छ। पाटाका सुर्जे कार्कीको घर पहिरोले बगाएको हो।
गाउँको तलपट्टी पहिरो आउन थालेपछी गाउँ नै उच्च जोखिममारहेको स्थानीयले बताएका छन्।
