कञ्चनपुरमा मिठाई चोरी गरेर भागेका दुई युवक बझाङबाट पक्राउ
 
aa

कञ्चनपुरको एक बेकरीबाट मिठाई चोरी भागेका बझाङका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिकाका २० वर्षीय डम्बर खड्का र १९ वर्षीय हरीश खड्का रहेका छन्।

उनीहरु दुवै जनालाई गाउँपालिकाको वडा नम्बर २ स्याडीबाट चोरी गरेको सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।यही असार १९ गते उनीहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भुजेलास्थित दर्शन बेकरी एण्ड सप्लायर्सबाट १५ पेटी सोना पापडी र १५ पेटी मिठाई चोरी गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

डम्बर र हरीशलाई जिल्ला प्रहरी कार्यालय बझाङसँगको समन्वयमा पक्राउ गरिएको र कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।