
बैतडीको सिगास गाउँपालिका ३ लगनमा आइतबार बिहान जीप दुर्घटना हुँदा फरार रहेका जीप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

दुर्घटना हुने बित्तिकै फरार रहेका जीप साहु सिगास गाउँपालिका ३ का ४४ बर्षीय हरिभान साउँद र चालक १९ बर्षीय खगेन्द्र साउँदलाई उनीहरुको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
दुवैजनालाई इलाका प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भईरहेको उनले बताए । सिगास गाउँपालिका ३ लगनखेलमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
