
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ । गृह मन्त्रालयले कञ्चनपुर सहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको हो ।

गृह मन्त्रालयले मङ्गलवार साँझ कञ्चनपुर, धनकुटा, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो।
अब कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको सर्लाहीमा सरुवा भएको छ भने उनको ठाँउमा गृह मन्त्रालयका सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।
