विगतमा चामल निर्यात गर्ने कैलालीमा वर्षेनी अर्बौैंको चामल आयात हुँदै 
अन्न भण्डार मानिने क्षेत्रमै परनिर्भरता बढ्दै
 
aa

जिल्लामै उत्पादित चामल बाहिर जिल्ला समेत निर्यात गर्ने कैलालीमा भारतबाट वर्षेनी अर्बौैंको चामल आयात भईरहेको छ । सुदूरपश्चिममा धान उत्पादनका दृष्टिले कैलाली राम्रो जिल्ला मानिन्छ कैलालीमा उत्पादन हुने चामल अन्य जिल्लामा समेत निर्यात हुँदै आएकोमा पछिल्ला वर्षमा भने अर्कौको चामल आयात भईरहेको छ ।

बाहिर जिल्लामा समेत निर्यात गर्ने क्षमता राख्ने जिल्लामा नै वर्षेनी भारतबाट चामल आयात भइरहेको छ । पछिल्ला बर्षमा करौडौंको चामल भारतबाट आईरहेको अवस्थामा अहिले आएर अर्बौको चामल आयात भइरहेको छ । पछिल्ला ७ बर्षको तथ्यांक हेर्ने हो भने कैलाली भन्सार कार्यालय भएर अर्बौको चामल आयात भईरहेको हो । 

कैलालीमा हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षमा विगतको तुलनामा चामल आयात ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १ अर्ब १९ करोड ५३ लाख बढीको चामल आयात भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिए । दुई करोड ७० लाख ५५ हजार ५ सय क्विण्टल चामल आयात हुँदा १४ करोड २२ लाख ५९ हजार बढी राजश्व संकलन भएको छ । 

गत आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड तीन लाख ३५ हजार २७७ क्विण्टल र आर्थिक वर्ष २०७५÷७६ मा दुई करोड ५१ लाख २० हजार ७८० क्विण्टल चामल आयात भएको थियो । यसअघिका बर्षहरुमा पनि करौडौको चामल नेपाल आयात हुदैं आएको थियो । 

आर्थिक वर्ष २०७१÷७२ मा ६९ करोड ३१ लाख ७९ हजार मुल्य बराबरको चामल कैलालीमा आयात भएको थियो । १४ करोड ९५ लाख क्वीन्टल चामल कैलाली आउँदा ५ करोड ५७ लाख भन्सार राजश्व समेत संकलन भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा मात्रै कैलालीमा भारतबाट त्रिनगर भन्सार नाका हुँदै ७८ करोड ७ लाख मुल्यको चामल आयात भएको थियो । १५ करोड ७९ लाख क्वीन्टल चामल आयतवाट ६ करोड १९ लाख ७४ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ८१ करोड ७४ करोडको चामल कैलाली भन्सार नाका भएर १७ करोड २७ लाख क्वीन्टल चामल ल्याईएको थियो । 

यो तथ्यांक हेर्दा यसले नेपालीहरुको परनिर्भरता बढ्दै गएको पनि देखाउँछ । भारतबाट कैलालीका दुई दर्जन खाद्य उद्योगहरुले चामल आयात गरिरहेको छ । भारतबाट वर्षेनी चामल आयात भईरहेको हेर्दा सुदूरपश्चिमका बजारमा भारतको चामल विक्री वितरण भइरहेको छ । वर्षेनी चामल आयात वढ्नाले यसले कैलाली कञ्चनपुरमा खाद्यान्न उत्पादनमा कमि आउनु, सिंचाई सुविधाको अभाव हुनु, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण हुन नसक्नु जस्ता कारणले चामल उत्पादन वढ्न नसकेको सुदुरपश्चिम लकृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । 

खाद्यान्नको भण्डार मानिने कैलालीमा अबौंको चामल आयात गरिदै यहाँका खाद्य उद्योगहरु सञ्चालन भईरहेका छन । कैलालीमा उत्पादन हुने चामल अन्य जिल्लामा समेत निर्यात हुँदै आएको थियो तर पछिल्ला वर्षमा वर्षेनी करोडौं रुपैयाँको चामल आयात भईरहँदा कृषि प्रधान देशमा खाद्य अभाव हुन थालेको छ । भएको जग्गा प्लटिङ हुँदै जाँदा पनि उत्पादनमा कमि आएर चामल आयात वढेको कृषि निर्देशक जोशीको भनाई छ । 

भारतवाट मोटो चामलभन्दा पनि मसिनो चामल वढी आयात हुने गरेको कैलाली भन्सारको तथ्यांक रहेको छ । सरकारले पनि मसिनो र वास्नादार धान प्रवद्र्धन कार्यक्रम लागु गरेको थियो । तर त्यो कार्यक्रम त्यस्तै अन्यौल अवस्थामा छ । चामल आयात घटाउने तर्फ ध्यान नदिईएमा यसले खाद्य संकट र खाद्य अभावको अवस्था वढ्दै जाने भएकोले चामल आयात घटाउन लाग्नुपर्ने कृषि विज्ञहरुको सुझाव छ ।