अछामकी कोरोना संक्रमितको शल्यक्रियाका लागि नेपालगंज मेडिकल कलेजका सबै ओपिडी सेवा बन्द
 
korona

अछामबाट हेलिकप्टरमा उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना पुष्टि भएपछि मंगलवार मेडिकल कलेका सवै ओपिडी सेवाहरु बन्द गरिएका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ बर्षीय गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको जटिल शल्यत्रिया गर्नुपर्ने भएको सवै ओपिडी सेवा बन्द गरिएको हो । 

कोरोना पुष्टि भएकी गर्भवतीको आन्द्रा बेरिएका कारण आपतकालीन शल्यक्रिया गर्नका लागि अस्पतालका सम्पुर्ण वहिरंग विभाग बन्द गरिएको मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले  जानकारी दिए । अछामको वयलपाटा अस्पतलाबाट रेफर भएर त्यहाँ लगिएकी महिलाको शल्यक्रिया पछि वुधवारदेखि सवै सेवा सुचारु हुने नेपालगंज मेडिकल कलेज कोहलपुरले जनाएको छ । 

उनी भारतबाट आएको खुलेको छ । १० दिनअघि भारतको सवैभन्दा वढी कोरोना संक्रमित रहेको महाराष्ट राज्यको मुम्बईबाट अछाम पुगेको खुलेको हो । १० दिन अघि उनी मुम्बईबाट अछाम पुगेकी थिईन् । सिम्रीक एयरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी सोमवार कोहलपुर लगिएको थियो । सामाजिक विकास मन्त्रालयको ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाको उद्धार कार्यक्रम अन्तरगत उनलाई थप उपचारका लागि पठाईएकामा कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर कनौडियाले पुष्टि गरे । 

b