बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन स्थानमा सडक अवरुद्ध
2021/06/19, 1:41
 
aa

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका–६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

धारामा पानी भर्ने बेलामा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले जानकारी दिए ।

अहिले बझाङका बिभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । उनका अनुसार जयपृथ्वि नगरपालिका वडा नम्बर ७ स्थित सुबेडा पातली खोला तामेल भिर, छबिसपाथिभेरा १ को बालुवाटारमा सडक अवरुद्ध भएको छ ।