
बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्ब प्रसाद कोईरालालाई सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आर्थिक तथा प्रशाशनिक कार्य नगर्न पत्राचार गरेको छ ।

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको अन्यन्त्र सरुवा भएको लामो बितेको भए पनि सम्बन्धीत ठाउँमा नगएको भन्दै मन्त्रालयले बडिमालिका नगरपालिकामा कामकाज नगर्न पत्राचार गरेको छ ।
मन्त्रालयको २०७८ असार १ गते बडिमालिका नगरपालिका र प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको पत्र अनुसार आर्थिक तथा प्रशासनिक कार्य नर्गन भनिएको छ ।

असार मसान्तमा यसरी प्रशासकिय अधिकृतको सरूवा सँगै कामकाज रोकेपिछ नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्यमा अबरोध भएको नगरप्रमुख पदम बडुवालले बताए ।