
जिल्लाको सदरमुकाम मार्तडीमा ९८ हजार ३ सय २५ रुपैया सहित ६ जना जुवाडे पक्राउ परेका छन । सोमबार साझँ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अबस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।

विशेष सुराकीको आधारमा उनिहरुलाई तुफानडाडाबाट नगद सहित ६ जना पक्राउ गरेको प्रहरी निरीक्षक साउँदको भनाई छ । उनिहरु सबै मार्तडीका ब्यापारीहरु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
