
धनगढीका युवक लागु औषध सहित पक्राउ परेका छन् । खैरो हिरोईन मुद्दामा २०७७ भदौँ २५ गतेदेखि फरार रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का २५ वर्षीय बहाली रानालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानालाई धनगढी स्थित घर नजिकै लुकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
