बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार भेटघाटका लागि ससुराली गएका सिगास गाउँपालिका–३ का ५० वर्षीय देव लुहारको ससुरालीमै मृत्यु भएको हो ।
सिगास ९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर आएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ । उनी फागुन ९ गते गन्सुर आएका बुझिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/05/28, 11:27
2020/07/19, 2:27
2023/08/18, 2:33