
जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधनको शोकमा नेपाली कांग्रेस कैलालीले आज (आइतबार) एक दिन पार्टीको झण्डा आधा झुकाएको छ । नेपाली कांग्रेस कैलालीका नेतासमेत रहेका कललेको निधनमा धनगढीस्थित पार्टी कार्यालयमा रहेको झण्डा आधा झुकाएको हो ।

पार्टी कार्यालयमा माल्यार्पणका लागि कलेलको फोटोसमेत राखिएको पार्टी कार्यालयका सचिव प्रयागराज जोशीले बताए । कैलालीको गौरीगंगा नगरपालिका– ८ लिक्मा निवासी कलेलको शनिबार उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । उनको आज अन्तिम दाहसंस्कार गरिएको छ ।
