
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५७ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २४ घण्टामा १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ६ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।
