
सुदूरपश्चिम प्रदेशमा मंगलबार ६६ जनामा संक्रमण पुष्टि भएको छ। भने, १६ जना निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी ९ सय ७८ नमुना परीक्षण गरिएकोमा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती अस्पतालमा १३६ जनाको नमूना परीक्षण गर्दा १५ जना, डडेल्धुरा अस्पतालमा ६ जनाको नमूना परीक्षण गर्दा १ जना र महाकाली अस्पतालमा ७९ जनाको नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा मृतकको संख्या भने शून्य रहेको निर्देशनालयले जनाएको छ।
