
धनगढीको ट्राफिक चौराहामा दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकल र दुई वटा साईकल ठोक्किँदा ४ जना घाइते भएका थिए ।

से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ साईकल यात्री कैलालीको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकलमा सवार दुई जनाको अवस्था पनि गम्भीर रहेको र एक जना साईकल यात्रीको अवस्था भने सामान्य रहेको जनाएको छ । घाईतेको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
